कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनियामा रहेको बेसहारा घरमा बस्दै आएका एकजनाको चिसोको कारण मृत्यु भएको छ । बेसहारालाई सामूहिक रूपमा आश्रय दिन बनाइएको घरमा बस्दै आएका एक पुरुषको चिसोको कारण झाडापखाला हुँदा मृत्यु भएको हो । उनको नाम, ठेगाना खुल्न सकेको छैन । केही दिनअघि बिरामी भएपछि उनलाई टीकापुर अस्पतालमा भर्ना गरिएको थियो ।...
काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिनका लागि पुस महिनाभित्रै स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहबाट आएका रोजगार सिर्जना र बेरोजगारको संख्याको मागका आधारमा स्थानीय तहमा बजेट पठाउने तयारी गरेको...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उपसचिव रिजाललाई नियन्त्रणमा लिएको हो । घुस लिएको आरोप लागेपछि निलम्बनमा परेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । भ्रष्ट्राचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि रिजाललाई नियन्त्रणमा दिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रिजालले दोलखामा प्रमुख जिल्ला अधिकारी...
वन्यजन्तुका ओसारपसार सम्बन्धी कारोबारमा काठमाडौं उपत्यका हब बन्दै गएको छ । एक सातामै पाँचवटा समूह पक्राउ परेका छन् । पछिल्लोपटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न चार समूहलाई पक्राउ गरेको छ । त्यस्तै, महानगरीय प्रहरीले एकजनालाई पक्राउ गरेको छ । विभिन्न किमिसका वन्यजन्तुका अंगसहित एक सातामा १४ जना समातिएका छन् । गत ६ पुसमा...
नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्रीको सरकारी निवासमा रहेको एउटा घरमा आगलागी भएको छ। भारतमा हाल नरेन्द्र मोदी प्रधानमन्त्री छन्। लोक कल्याण मार्गमा रहेको निवासमा आगलागी भएपछि ७ दमकल पुगेका थिए। र, दमकलले आगो नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। विजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। प्रधानमन्त्रीको निवासको एसपीजी रिसेप्शन क्षेत्रमा...

ताजा समाचार