नेपाल निजामती कर्मचारी युनियन द्वारा मास्क तथा स्यानिटाईजर हस्तान्तरण


बुटवल । नेपाल निजामती कर्मचारी युनियनले आफ्नो स्थापना दिवसको अवसरमा लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई कोभीड १९ सम्बन्धी स्वास्थय सामग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रममा,नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय  उपाध्यक्ष  तथा लुम्विनी प्रदेश संयोजक मदन गौतमले  विभिन्‍न सार्वजनिक स्थानहरुमा आम नागरिक बिना मास्क नहुन साथै स्वास्थय मापदण्ड पूर्ण  पालनाका निमित्त मद्दत पुग्‍ने हेतुले यस कार्यक्रम मार्फत मास्क तथा स्यानिटाईजर हस्तानतरण गरिएको बताउनुभयो ।

त्यसैगरी, नेपाल निजामती कर्मचारी  युनियनका अध्यक्ष मोहन कुमार नेपालले  सडक सुरक्षा तथा अन्य सामाजिक सेवामा  ट्राफिक प्रहरी सर्वसाधरण जनताको सहजै पहुँचमा रहने भएकोले स्वास्थय सामग्रीको वितरणमा एकरुपता रही सहयोग पुग्‍ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्र सिहं थापाले स्थापना दिवसको अवसरमा राष्ट्र सेवक कर्मचारीहरुलाई शुभकामना दिनुका साथै स्वास्थय सामग्री वितरण एक समाजिक कार्य सकारात्मक रहेको भन्दै प्रशंशा गर्नुहुदै मास्क तथा स्यानिटाईजर अभाव भएको स्थानमा आम नागरिकलाई यसको उचित वितरण हुने समेत जानकारी गराउनुभयो ।

कार्यक्रमा युनियनका उपाध्यक्ष भोजराज न्यौपाने, केन्द्रिय प्रतिनिधि धिरेन्द्रराज सुवेदी, सि.वि.ए उपाध्यक्ष चक्रपाणी पाण्डेय, जिल्ला सहसचिव यम बहादुर जी.टी लगायत अन्य युनियनका क्रियाशिल सदस्यहरुको उपस्थितिमा कार्यक्रम संचालन युनियनका जिल्ला सचिव कृष्ण सुवेदीले गर्नुभएको थियो।


प्रकाशित : २०७८ भाद्र १९, शनिबार १३:३९ गते

धेरै पढिएको

ताजा समाचार