निजामती कर्मचारीको पोशाक लगाई उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भनि ठगी गर्ने एकजना पक्राउ


काठमाडौं । डोटी जिल्ला केआईसिंह गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल किर्तिपुर नगरपालिका वडा नं. ०७ काठमाडौं बस्ने बर्ष २६ का किशोर / कुशल भट्ट भनेर चिनिने केशवराज भट्ट कलंकी स्युचाटारबाट पक्राउ परेका छन ।

आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक लगाएर गरिमामय संस्थाको नाम दुरुपयोग गरी बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा झुक्यानमा पारी व्यक्तिगत लाभ लिने उदेश्यले ठगी गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा महानगरीय अपराध महाशाखा खटिएका बिशेष प्रहरी मार्फत उनी पक्राउ परेका हुन ।

पक्राउ परेका निज व्यक्ति यस अघि  पनि मिति २०७५।१२।२६ साइबर क्राइम र ठगी मुद्दामा महाशाखाबाट निजलाई पक्राउ गरी निज व्यक्ति १ बर्ष कैद र ३० हजार जरिवानाको सजाय अदालतबाट भुक्तान गरिसकेका र कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनि आफू परराष्ट्र मन्त्रालयको सह-सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको । प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताईएको छ ।

निजको साथबाट आफूले प्रयोग गर्ने गरेको सिमकार्ड सहितको आइफोन थान-१, आफ्नै नामको प्रभु बैंकको एटिएम , त्रि-चन्द्र कलेजको बिद्यार्थी परिचयपत्र, नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड बरामद गरीएको प्रहरीले जनाएको छ । घटनाबारे  थप आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरी अपराध महाशाखाले जनाएको छ।

स्रोत : महानगरी अपराध महाशाखा


प्रकाशित : २०७८ श्रावण २७, बुधबार १८:०१ गते

धेरै पढिएको

ताजा समाचार