भोलिबाट जीवन विकास लघुवित्तको सेयर कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?


काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा भोलि बिहीबार कारोबार आउने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जीवन विकास लघुवित्तबीच आज बुधबार सेयर सूचीकरण सम्झौता भएको हो। यससँगै अब यो लघुवित्तको सेयर भोलिबाट कारोबारमा आउने भएको छ।

नेप्सेमा जीवन विकास लघुवित्तको कुल ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण समूहको १९ लाख ७७ हजार ३०० कित्ता र संस्थापक समूहको ४१ लाख ६ हजार ७०० कित्ता रहेको छ।

नेप्सेले यो लघुवित्तलाई ‘जेबीएलबी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम ३०५.२७ रुपैयाँदेखि अधिकतम ९१५.८१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यदि यो रेन्जभित्र स्पेसल प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५) मा यो कम्पनीको सेयर किनबेच भएमा नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबार खुला हुनेछ।

जीवन विकास लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका थिए।

यो लघुवित्तले गत असार २३ गते आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरेको थियो।


प्रकाशित : २०७८ श्रावण १३, बुधबार १६:२९ गते

धेरै पढिएको

ताजा समाचार