ओलम्पिक: पौडीबाज शाहको राष्ट्रिय कीर्तिमान


काठमाडौं: टोकियो ओलम्पिकमा नेपालका पौडीबाज अलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन्।

आज १०० मिटर फ्री स्टाइलमा शाहले कीर्तिमान बनाएका हुन्। यसका लागि उनले ५३.४१ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै कीर्तिमान बनाए।

नेपालबाट खेल्ने १३ औै दक्षिण एसियाली खेलकुदकी कीर्तिमानी खेलाडी गौरिका सिंहले भोलि दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्नेछिन्।

जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार यसअघि नै बाहिरी सकेका छन्।

ओलम्पिकमा नेपालबाट पाँच जना खेलाडीको सहभागिता रहेको छ।


प्रकाशित : २०७८ श्रावण १२, मंगलवार १७:२६ गते

धेरै पढिएको

ताजा समाचार