जग्गा कारोबारमा आठ लाख रुपैयाँको लागि आफ्नै साथीको हत्या ;


चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई नजिकै सिमल डाँडा खेत नगरमा शंकास्पद अवस्थामा  अन्दाजी ३० वर्षका युवकको शव फेला पर्यो । मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र प्रहरीले घटनास्थलबाट गालीको खोका समेत फेला पार्यो।

अनुसन्धानका क्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ भएको पुष्टी हुन आयो । उनी नेपाली सेनाको महेन्द्र दल गण  राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत सेनाको हुद्दा रहेको खुल्न आयो ।

हत्यामा संलग्न रहेको अभियोगमा उनकै साथी पक्राउ परकेा छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले  भरतपुर महानगरपालिका-२० का गंगाधर ढकाललाई पक्राउ गरेको हो ।

बिहीबार भरतपुर १७ मा नेपाली सेनाका हवल्दार भरत गुरुङको शव भेटिएको थियो। फरेन्सिक जाँचमा उनको बायाँ कन्चटमा गोलि हानिएको देखिएको थियो।

चितवनका एसपी ओम अधिकारीका अनुसार ढकालले जग्गा कारोबारमा आठ लाख रुपैयाँको लागि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।


प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार १७:१० गते

धेरै पढिएको

ताजा समाचार