चितवनमा एक पुरुषको शव फेला, घटनास्थलमा भेटियो एक थान गोलीको खोका


चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई नजिकै सिमल डाँडा खेत नगरमा शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ ।

अन्दाजी ३० वर्षका युवकको शव फेला परेको हो । मृतकको सनाखत भएको छैन । मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिएका छन् ।


प्रकाशित : २०७८ श्रावण ७, बिहीबार ११:१५ गते

धेरै पढिएको

ताजा समाचार