लामो दुरीका सार्वजनिक सवारी साधन संचालनका लागि सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र


काठमाडौं : गृह मन्त्रालयले लामो दुरीका सार्वजनिक सवारी साधन संचालनका लागि सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।

मंगलवार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालय, नक्साललाई मध्यम र लामो दुरीको सार्वाजनिक सवारी साधन संचालन गर्न आवश्यक सहजीकरण गर्न भनिएको हो।

देशभर कोरोना संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्न भन्दै वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरुमा निषेधाज्ञा गरिएको थियो। जसको कारण लामो तथा मध्य दुरीका सार्वजनिक सवारी साधन चल्न सकेका छैनन्।

त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगले लिने परीक्षा संचालन मिति सार्वजनिक भएकाले देशका विभिन्न क्षेत्रबाट आउने परीक्षार्थीलाई ध्यानमा राखेर सुरक्षा मापदण्ड पुरा गरेर लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी साधान संचालनमा सहजीकरण गर्न गृह मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ।

काठमाडौं उपत्यका लगायत केही जिल्लाहरुमा अहिले सबै सवारी साधनलाई चल्न दिएको छ।अब सबै लामो दुरीका सार्वजनिक यातायात मापदण्ड पुरा गरेर चल्ने गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्याले जानकारी दिनुभएको छ ।

 


प्रकाशित : २०७८ श्रावण ७, बिहीबार १०:५३ गते

धेरै पढिएको

ताजा समाचार