भेरोसिलकाे दाेस्राेडोज भोलिदेखि, बुटवलका यी हुन खाेपकेन्द्र


बुटवल। भोलिदेखि कोभिड १९ विरुद्धको भेरोसिल खोपको दोस्रो डोजको खोप लगाइदैछ । ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले  गत जेठ २५ गतेबाट २८ गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज खोप लगाउन लागिएको हो।

मंगलबार (भाेलि) र बुधबार (पर्सी) दोस्रो डोजको खोप लगाइने छ । खोपको लागि बुटवल उपमहानगरपालिकामा ८ वटा केन्द्र तोकिएको छ। केन्द्रमा पुगेर बिहान १० बजेबाट दिउसो ४ बजेसम्म खोप लगाउन सकिने बुटवल उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।

खोप केन्द्रमा आउँदा पहिलो डोजको खोप लगाएको कागज ल्याउन पनि उनले आग्रह गरे । चिनबाट आएको भेरोसिल खोप पहिलो डोज लगाएको तिन हप्ता नाघेपछि लगाउनुपर्ने हुन्छ।

यी हुन खाेपकेन्द्र


प्रकाशित : २०७८ असार २१, सोमबार १७:१४ गते

धेरै पढिएको

ताजा समाचार