प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलास पुन: असार २८ गते बस्ने ।


काठमाडौं-

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । अब संवैधानिक इजलास असार २८ गते बस्नेछ । सोमबार सम्म रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका छन् ।

सोमबार रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिएका थिए। मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

जसविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस भएको हो। संवैधानिक इजालासमा प्रधान्यायाधीशसँगै न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई छन्। 


प्रकाशित : २०७८ असार २१, सोमबार १७:१० गते

धेरै पढिएको

ताजा समाचार