ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या


ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या भएको छ । हम्मर प्रहार गरेर भारतीय नागरिक ५९ वर्षीया सत्यनारायण पारिकको हत्या भएको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने प्रारम्भिक छानविनबाट देखिएको बताइन् । उनका अनुसार घरका केही सामान पनि हराएका छन्, त्यसैले चोरी गर्ने उद्देश्यले आएको व्यक्ति घटनामा संलग्न हुनसक्ने आशंका गरिएको छ ।

अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गरेका छन् । त्यसपछि कसैसँग सम्पर्क भएको नदेखिएको प्रहरीको बुझाई छ। ‘घटना  शुक्रबार साँझै अथवा शनिबार बिहानतिर भएको हुनसक्छ’ प्रहरी स्रोत भन्छ, ‘थप छानविन भइरहेको छ ।’

प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि मृत्युको एकिन विवरण खुल्ने बताईएको छ ।


प्रकाशित : २०७८ असार २०, आईतवार १५:०७ गते

धेरै पढिएको

ताजा समाचार