भरतपुर १ रामनगरमा रक्तदान कार्यक्रम सम्पन्न


कोभिड -१९ आपतकालीन सेवा कक्ष भरतपुर १ रामनगरमा योङ्ग कम्युनिस्ट लिग भरतपुर १ चितवन र अखिल क्रान्तिकारिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

आयोजकले उक्त कार्यक्रममा सहभागी सबैलाई धन्यबाद ज्ञापन गरेको छ।

“यो विश्वब्यापि कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा पनि स्वास्थ्य सुरक्षा मापदण्डको अवलम्बन गरि रक्तदान कार्यमा सरिक भै कार्यक्रम लाई सब्य र भब्य रुपले सफल पार्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद।”

रक्तदान कार्यक्रममा ७२ जना पुरुष र १० जना महिला गरि ८२ जनाको सहभागिता रहेको थियो।


प्रकाशित : २०७८ जेष्ठ १४, शुक्रबार १६:५२ गते

धेरै पढिएको

ताजा समाचार