कोरोना पीसीआरभन्दा छिटो कुकुरले पत्ता लगाउँछ !


कोरोना संक्रमण भएको छ कि छैन भन्ने कुरा पीसीआर र अन्य परीक्षणभन्दा कुकुरले सुँघेर छिटो पत्ता लगाउने पाइएको छ ।
सोमवार प्रकाशित एक अध्ययनअनुसार, कोरोनाभाइरस लागेका मानिसबाट विशेष किसिमको गन्ध आउँछ र उच्च तालिमप्राप्त कुकुरले ठ्याक्कै पत्ता लगाउँछ ।
कुकुरको नाकमा हुने रिसेप्टर मानिसको भन्दा ६० गुणा बढी हुन्छ ।
मानिसको बिरामी पत्ता लगाउनका लागि मेडिकल डिटेक्सन डग्स नामक संस्था सन् २००८ मा गठन गरिएको थियो । यसमा भएका कुकुरहरूले मानिसमा टाइप १ मधुमेह तथा अन्य गम्भीर रोगका कारण शरीरको गन्धमा आएको परिवर्तन पत्ता लगाउँछन् । रोग लाग्ने बेलामा आउने गन्धलाई पत्ता लगाएर कुकुरले सतर्क गराउँछ ।
हालै गरिएको कोभिड अध्ययनमा कुकुरहरूले कोभिड लागेका मानिसको लुगाबाट रोगी ठ्याक्कै पत्ता लगाएका थिए । कुकुरहरूले यसरी कोभिड पत्ता लगाउने दर ९४ प्रतिशत थियो । तुलना गरी हेर्दा पीसीआर टेस्टले ९७.२ प्रतिशत पत्ता लगाउने र ल्याटरल फ्लो टेस्टले ५८ देखि ७७ प्रतिशत पत्ता लगाउने देखिएको छ । पीसीआर टेस्टको दर कुकुरको भन्दा राम्रो भए पनि पीसीआरभन्दा कुकुर छिटो छ ।


प्रकाशित : २०७८ जेष्ठ १०, सोमबार १२:१९ गते

धेरै पढिएको

ताजा समाचार