लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा पदबाट राजीनामा


बैशाख १९ ,बुटवल– लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।
आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफल सुरु नहुँदै पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा दिएका हुन्। प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै प्रदेश मन्त्रिपरिषदको कार्यभार सम्हाल्न तोकेका छन्।
मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेस गरेको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो ।


प्रकाशित : २०७८ बैशाख १९, आईतवार १३:११ गते

धेरै पढिएको

ताजा समाचार