इराकको कोरोना अस्पतालमा आगलागीको कारण २३ जनाको मृत्य


१२ बैशाख-इराकको राजधानी बग्दादमा रहेको कोरोना अस्तालमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको उपचार गरिने सो ईबन खातिब अस्पतालमा गएराति आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ भने दर्जनौँ अन्य घाइते भएका छन् ।
अस्पतालमा रहेको अक्सिजनको ट्यांक विस्फोट भएपछि आगो लागेको हो ।इराकका प्रधानमन्त्री मुस्तफा अल-काधिमीले आगलागीको घटना दुःखद भएको बताउँदै घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन् ।


प्रकाशित : २०७८ बैशाख १२, आईतवार १२:५४ गते

धेरै पढिएको

ताजा समाचार