भारतमा कोरोना संक्रमणको त्राश: अस्पतालमा अक्सिजन र औषधि अभाव


बैशाख ८,काठमाडौँ – भारतमा पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् ।

भारतमा एकै दिनमा यति धेरै कोरोनको संक्रमण पहिलो पटक देखिएको हो, अस्पतालमा शैया र औषधि नपाएर मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै कोरोना संक्रमणका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने हालसम्म संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ लाख ८२ हजार नाघेको छ ।

भारत विश्वमै अमेरिकापछि दोस्रो बढी प्रभावित मुलुकमा पर्दछ। भारतमा हालसम्म १ करोड ५६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । हालको दैनिक संक्रमितको संख्यालाई आधार मान्दा भारत विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको रुपमा देखिन्छ।


प्रकाशित : २०७८ बैशाख ८, बुधबार ११:४७ गते

धेरै पढिएको

ताजा समाचार