वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द


बैशाख ,६ काठमाडौं– सरकारले वैशाखभर कोभिड १९ को प्रभावलाई मध्ये नजर गरी सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले कोरोना संक्रमणको जोखिमका कारण वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी गराइन। बैठकमा कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको उनले जनाइन।

सोहि बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस समेत गरेको छ ।


प्रकाशित : २०७८ बैशाख ६, सोमबार १२:२९ गते

धेरै पढिएको

ताजा समाचार