प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक


वैशाख ४ काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भन्दै संसदमा उपस्थिति जनाएका राजनीतिक दलहरूको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजे सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराए । उनले भने, “मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफलका लागि बैठक डाकिएको हो ।”

विघटित प्रतिनिधि सभा पुनर्स्थापना र नेकपा नामलाई सर्बोच्च अदालतले खारेज गरिदिएपछि पुन माओवादी केन्द्र र एमाले एकीकरण पूर्वकै अवस्थामा फ़र्किएपछि आएको राजनीतिक विभाजनले मुलुकको राजनीतिमा अन्योलता देखा परिरहेको बेला संसदको हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक डाकिएको श्रोतले जनाएको छ ।


प्रकाशित : २०७८ बैशाख ४, शनिबार ११:०८ गते

धेरै पढिएको

ताजा समाचार