कारबाहीमा पर्दैछन एमालेका चार सांसद


बैसाख ४ काठमाडौं– नेकपा एमालेका चार सांसदलाई पार्टी ह्वीप उल्लंघन गरेको भन्दै कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाहीको लागि सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने प्रत्यक्ष निर्वाचित सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारबाही गर्न दलले केन्द्रमा सिफारिस गरेको प्रमुख सचेतक गुलाबजङ्ग शाहले बताए । चारै जनाको सांसद पद निलम्बन गर्ने तथा पार्टीको साधारण सदस्यता समेत नरहनेगरी कारवाही गर्ने निर्णय बैठकले गरेको छ ।

सोहि बैठकले विश्वासको पक्षमा मतदात गरेर पुनः मत सच्याउने एमाले समानुपातिक सांसद देवी वलीलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन समेत निर्देशन दिएको छ ।


प्रकाशित : २०७८ बैशाख ४, शनिबार १०:४३ गते

धेरै पढिएको

ताजा समाचार