गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विरुद्द अविश्वासको प्रस्ताव दर्ता


बैशाख २ काठमाडौँ- गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा एमाले बाहेकका दलहरुबीच भएको आन्तरिक छलफलपछि आपसी सहमतिमा मुख्यमन्त्री विरुद्द अविश्वासको प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

नेपाली काँग्रेस, नेकमा माओवादी केन्द्र, र जनता समाजबादीपार्टीका सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । तर गण्डकी प्रदेश सभाको चालु अधिवशेन भने गएराति १२ बजेदेखि अन्त्य भएको थियो।

विपक्षी दलहरुले भने सरकारले अविश्वासको प्रस्ताव फेस गर्न नसक्ने भएपछि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको भन्दै बिरोध जनाएका छन्।


प्रकाशित : २०७८ बैशाख २, बिहीबार १५:३० गते

धेरै पढिएको

ताजा समाचार