भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख १५ हजार ७३६ जना नयाँ संक्रमित थपिए


भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख १५ हजार ७३६ जना नयाँ संक्रमित थपिएका छन्।

थपिएका सहित भारतमा यतिखेर ८ लाख ४३ हजार ४७३ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टाभित्र ६३० जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ १ लाख ६६ हजार १७७ जना संक्रमित मृत्यु भइसकेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड २८ लाखभन्दा धेरै कोरोना संक्रमणका मामिला थाहा लागेको छ।

हालसम्म ८ करोड ७० लाख नागरिकलाई कोरोना भ्याक्सिन दिइएको बताइएको छ।


प्रकाशित : २०७७ चैत्र २५, बुधबार १०:४६ गते

धेरै पढिएको

ताजा समाचार