निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट रंगशालाबाट आफ्नो टिम लिएर बिदा भए धुर्मुस


गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सक्रिय अर्जुन भुषालले सामाजिक संजाल फेसबुकमा लेखेका छन्  रंगशाला निर्माण स्थलबाट हाम्रो टिम मेची-महाकाली अभियानको लागि निस्किएका छौँ । हामी आज कंचनपुर आउनेछौ । भोलि चैत्र १० गते कंचनपुर बाट अभियान सुरु हुनेछ । रंगशाला निर्माण स्थल बाट श्रमिक दाजुभाइहरुले बिदाई गर्दैगर्दा आफ्नो आम्दानी को केही हिस्सा रङशाला निर्माण अभियानका लागि स्वरुप ४ हजार ४ सय ५ रुपैयाँ दिनुभएको छ ।

उहाहरुले दिनुभएको हौसलाले निकै भावुक बनाएको छ । हाम्रो यात्रालाई सफलताको कामना गर्नुहुने सम्पुर्ण सुभेच्छुकहरुमा हार्दिक धन्यवाद साथै आभार व्यक्त गर्दछौं । हरेक अपडेट हाम्रो यहि फाउण्डेशनको आधिकारिक पेजमा गराउनेछौ।


प्रकाशित : २०७७ चैत्र ९, सोमबार १०:३० गते

धेरै पढिएको

ताजा समाचार