हेल्प फर हेप्पीनेसको आयोजनामा सुत्केरी महिलालाई सुत्केरी प्याड र फलफूलको जुस बितरण


१११औं नारी दिवसको अवसरमा हेल्प फर हेप्पीनेसको आयोजनामा आज चितवनको भरतपुर अस्पतालमा रहेका ४७ जना सुत्केरी महिलालाई सुत्केरी प्याड र फलफूलको जुस बितरण गरि कार्यक्रम सम्पन्न भएको हेल्प फर हेप्पिनेस का चितवन अध्यक्ष रमन वाग्ले ले बताउनु भय।

उहाका अनुसार उक्त कार्यक्रममा त्यहा काम गरि रहनु भएको श्रमजीवी महिला र नस लाई पनि फलफूलको जुस बितरण गरि महिला संसारलाई सुन्दर बनाउनका लागि महिलाको उच्च भूमिका रहँदै आएको र समान नेतृत्वका लागि एक-अर्काको योगदानको कदर गर्नु पर्ने उहाले बताउनु भयो  कार्यक्रममा बोल्दै सस्थाकी उपाध्यक्ष अनुपमा ढकाल का अनुसार लैङ्गिक समतामूलक समाज निर्माण गर्नका लागि प्रतिबद्ध बनौँ ।

साथै, नेतृत्व लिन र स्विकार्न तत्पर रहौँ। हरेक अवस्थामा मानव-अधिकारको सम्बोधन हुने गरी महिलाको नेतृत्वलाई सुनिश्चित गर्ने प्रतिबध्दता गरौ भनी सबैमा अन्तराष्ट्रिय नारी दिवसको शुभकामना।पनि दिनु भयो।


प्रकाशित : २०७७ फाल्गुन २४, सोमबार २१:१८ गते

धेरै पढिएको

ताजा समाचार