बुटवलमा खुल्यो वेद ईन्टरनेशनल एडुकेसनल कन्सल्टेन्सी संग आबद्ध ए प्लस एडुकेसन


बुटवल ।काठमाडौँमा मुख्य कार्यालय रहेको वेद ईन्टरनेशनल एडुकेसनल कन्सल्टेन्सी संग आबद्ध रहेर ए प्लस एडुकेसन कन्सल्टेन्सी बुटवलको ट्राफिक चोकमा खुलेको छ।

सन् २०१० मा काठमाडौँको नया बानेश्वरबाट सुरु भएको वेद ईन्टरनेशनल एडुकेसन  कन्सलटेंसी काठमाडौँ लगायत नेपालका मुख्य शहरहरुमा शाखा बिस्तार गर्ने क्रममा आज बुटवलको ट्राफिक चोकमा एक कार्यक्रमका बीच यसको शाखा बिस्तार भएको हो ।

कोरिया, जापान, युरोप, अस्ट्रेलिया, क्यानडासम्म शिक्षा, तथा रोजगारीको लागि नेपालबाट एउटा सहयात्रीको रुपमा उत्कृष्ट सेवा गर्ने हेतुले यस संस्थाको सुरुवात गरेको यस संस्थाका प्रबन्ध निर्देशक रबिन्द्र घिमिरेले बताए।

कार्यक्रम मा बोल्दै इक्यानका केद्रीय उपाध्यक्ष श्री शेषराज भट्टराईले रिबन काटेर यस संस्थाको शुभारम्भ गर्नुभयो र शैशिक क्षेत्रमा काम गर्ने कन्सलटेंसीले नियम कानुनमा रहेर सेवा प्रदान गर्नुपर्ने बताउनु भयो । येस संस्थाको शुभारम्भ कार्यक्रममा इक्यान रुपन्देहीका अध्यक्ष देव बहादुर कुँवर, कोषाध्याक्ष मोहन घिमिरे, सल्लाहकार गोबिन्द अधिकारी , लगायतले आफ्नो धारणा प्रस्तुत गर्नुभयो।

कार्यक्रम वेद ईन्टरनेशनल एडुकेसनल कन्सल्टेन्सीका प्रबन्धक आशिक कार्कीको अध्यक्षतामा , ए प्लस एडुकेसन कन्सल्टेन्सी बुटवलका संचालक ध्रुब न्यौपानेले उपस्थिति सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो।


प्रकाशित : २०७७ फाल्गुन १०, सोमबार १८:५२ गते

धेरै पढिएको

ताजा समाचार