प्रचण्ड-नेपाल समुहले राजधानीमाआयोजना गरेको विरोध प्रदर्शनमा जनलहर हेर्नुहोस तस्बिरमा


तस्विर:- निखिल रायमाझी
संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बुधवार राजधानीमा विशाल जनप्रदर्शन गरेको छ । तेस्रो चरणको मैझारो गर्दै यो समूहले गरेको सभाका वक्ताहरुले सर्वोच्च अदालत, निर्वाचन आयोग र केपी ओली केन्द्रित भाषण गरे |

युवा वक्ताहरुले पार्टी नेतृत्वले मञ्चबाटै ओली प्रवृत्ति नजन्माउने र नदोहो¥याउने प्रतिवद्धता व्यक्त गर्न दबाव दिए । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आक्रामक अभिव्यक्ति दिएकी रामकुमारी झाँक्रीले अहिलेको आन्दोलन केपी ओलीविरुद्ध नभएर ओली प्रवृत्ति विरुद्ध भएको बताइन् ।

युवा र समावेशी वक्ता चयन गरिएको मञ्चबाटै नेतृत्वको प्रतिवद्धता मागिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मात्रै नभएर समकक्षीहरुकै तर्फबाट संकल्प गरे । ‘संकल्प दोहोर्याउन चाहन्छु । मेरो जीवनमा, हाम्रो जीवनमा, मेरो समकक्षी नेताहरुको जीवनमा अब यो देशलाई शान्त, सुन्दर र विकसित बनाउनु बाहेक हाम्रो अर्को कुनै सपना छँदैछैन, हुनै सक्दैन’, प्रचण्डले प्रतिवद्धता जनाए ।

त्यसैगरी अध्यक्ष माधवकुमार नेपालले पनि युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जाने बताए । नेता नेपालले भने, ‘नयाँ पुस्ताहरु तयार भइरहनुभएको छ । नयाँ पुस्तालाई हामी विस्तारै नेतृत्व हस्तान्तरण गर्नेछौं । तपाईहरुको योग्यता, क्षमतालाई हामीले पनि देखिरहेका छौं ।’

अध्यक्ष नेपालले अगाडि भने, ‘हामीबाट विगतमा केही कमी कमजोरी भएका छन् भने हामीले त्यसलाई सुधार्नैपर्छ ।

 


प्रकाशित : २०७७ माघ २८, बुधबार २२:०० गते

धेरै पढिएको

ताजा समाचार