आइपीएलमा यो पटक ८ नेपाली खेल्दै ! हेर्नुहोस खेलाडीको नामसहित


इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका ८ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान) मार्फत ८ नेपाली खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।
अक्सनका लागि क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र शरद भेषवाकर रहेका छन् । यस्तै दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा अक्सनमा रहेको क्यानले जनाएको छ । सन्दीपले यस अघिका तीन सिजन आईपीएल खेलिसकेका छन् । दिल्ली क्यापिटल्सले सन्दीपलाई हालै रिलिज गरेको थियो । अन्य खेलाडीले आईपीएल खेलेका छैनन् । यो पटक कुनै एक टिमले बोली लगाएमा उनीहरु आइपीएल खेल्न पाउनेछन् ।
आगामी सिजनको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका छन् ।
आईपीएलको नयाँ सिजनका लागि भारतका ८ सय १४ र बाहिरका २ सय ८३ खेलाडी अक्सनमा परेका छन् ।
आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना गर्ने बीसीसीआईको तयारी छ ।
अक्सन नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ ।


प्रकाशित : २०७७ माघ २४, शनिबार ०८:०१ गते

धेरै पढिएको

ताजा समाचार