यसरि उडाइएको थियो भरतपुरमा ओलीको बिरुद्धमा कालो ब्यालुन फोटो सहित


चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोधमा उनका बिपक्षीहरुले पर्चाहरु बाटोमा फाल्ने र कालो झन्डा देखाउन प्रयास त गरे तर त्यो सफल नभयेपछी टाढै बाट कालो ब्यालुन उडाएर बिरोध गरेका छन्। उनीहरुले सुरक्षाकर्मीहरु संग बच्नको लागि उक्त कार्य गरेको स्रोतको दाबि छ।

प्रधानमन्त्रिले भने मतपत्र च्यातेर जिताएको मेयरले आफू सहभागी भएको कार्यक्रम बहिस्कार गर्दैमा फरक नपर्ने बताए।‘संघीय सरकारको बजेटमा बनेको योजनाको शिलान्यास गर्न म यहाँ आएको हुँ,’ उनले भने, ‘कसैको विरोधले विकास रोकिँदैन।’

उनले केही वर्षभित्रै जनताले अनुभूति गर्नेगरी देश विकास हुने बताए। आत्मविश्वासका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उनले कोभिडलाई परास्त गर्दै देश विकासशील राष्ट्र बन्ने दाबी गरे। जनसभाअघि उनले भरतपुरमा बन्दै गरेको सिटी हल र पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोद्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने योजनाको शिलान्यास गरेका थिए।


प्रकाशित : २०७७ माघ १७, शनिबार २१:५८ गते

धेरै पढिएको

ताजा समाचार