पीएम कपः उपाधि भिडन्तमा एपीएफविरुद्ध आर्मी ब्याटिङमा


राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी क्लब भिडिरहेका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर आर्मी पहिले ब्याटिङ गरिरहेको छ । एपीएफका कप्तान शरद भेषवाकर र आर्मीका कप्तान विनोद भण्डारी दुबै उपाधि जित्नेमा आशावादी छन् । सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३० रनले हराएको थियो । आर्मीले सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।


प्रकाशित : २०७७ माघ १७, शनिबार ०९:१७ गते

धेरै पढिएको

ताजा समाचार