प्रधानमन्त्रीले दिए राजिनामा


संसदमा विश्वासको मत जित्नुपर्ने चुनौती पाएका इटालीका प्रधानमन्त्रीले राजिनामा दिएका छन् । प्रधानमन्त्री जिउसेप्पी कोन्टेले विश्वासको मत पाएपनि पदबाट राजिनामा दिएका हुन् ।

उनले दुईपटक विश्वासको मत जित्नुपर्ने चुनौती पाएका थिए। दुवैमा कोन्टे सफल भएपनि पछिल्लो समय सत्तामा बहुमत भने गुमाएका थिए। उनले राष्ट्रपति सर्जियो माट्टारेल्लालाई राजिनामा बुझाएपनि स्वीकृत हुन बाँकी रहेकाे बताइएकाे छ।

निवर्तमान प्रधानमन्त्री माटेओ रेन्जीको पार्टी सत्ताबाट बाहिरिएपछि कोन्टे नेतृत्वको गठनबन्धन अप्ठेरोमा परेको थियो।

कोरोना महामारी व्यवस्थापनमा कोन्टे नेतृत्व सफल हुन नसकेको भन्दै सरकारको आलोचना भइरहेको थियो।


प्रकाशित : २०७७ माघ १३, मंगलवार १८:४९ गते

धेरै पढिएको

ताजा समाचार