केपी ओलीले बाजे वकिल भनेका ९४ बर्षका वकिल यसो भन्छन


गत शुक्रबार प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्‍यो । त्यति नै बेला ओली समूहले बबरमहलस्थित कार्की बैङ्क्वेटमा कार्यकर्ता भेला गरेको थियो, जहाँ प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि खनिए ।

९४ वर्षीय भण्डारी सबैभन्दा ज्येष्ठ वकिल हुन् । राजा महेन्द्रले गरेको प्रधानन्यायाधीश बन्ने प्रस्तावलाई समेत अस्वीकार गरेका भण्डारीलाई न्याय क्षेत्रमा सबैले सम्मान गर्छन् । २८ बैशाख १९८४ मा रौतहटमा जन्मिएका उनी हरेक दिन बिहान पाँच बजेर उठेर न्यायिक काममा जुट्छन् ।

नेपाल बार काउन्सिलको लाइसेन्स नम्बर १ यिनै वरिष्ठ अधिवक्ताका नाममा छ । ३० बैशाख २०१४ मा अधिवक्ताको लाइसेन्स प्राप्त गरेका उनी न्याय र निष्ठाका पर्याय मानिन्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यान मुद्दा लागेको झापा काण्ड सम्बन्धी मुद्दामा पनि भण्डारीले निःशुल्क बहस गरेका थिए । तिनै भण्डारीलाई ओलीले गत शुक्रबार कार्की बैंक्वेटमा भने, ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन्, त्यहाँ (अदालतमा) तमासा देखाउन ।’

वरिष्ठ अधिवक्ताहरू, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षलगायतले ओलीले भण्डारीका विषयमा बोलेको कुरामा सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् । ज्येष्ठ नागरिक र न्यायालयप्रति अगाध आस्था भएको बताउने प्रधानमन्त्रीको टिप्पणीबारे जेष्ठ वकिल भण्डारीको चाहिँ प्रतिक्रया के होला ? यही प्रश्नकोे सेरोफेरोमा रहेर वरिष्ठ अधिवक्ता भण्डारीसँग अनलाइनखबरले गरेको संक्षिप्त अन्तर्वार्ता :

अनलाइनखबर


प्रकाशित : २०७७ माघ ११, आईतवार १८:११ गते

धेरै पढिएको

ताजा समाचार