फुटपाथमा ट्रकको दादागिरी, किचेर १३ मजदुरको मृत्यु


भारतको गुजरात राज्यमा फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ । गुजरातको सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि गएराति ट्रक कुदेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ । राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए । दुर्घटनामा घाइते भएका ५ जना मजदुरलाई अस्पताल लगिएको छ ।


प्रकाशित : २०७७ माघ ६, मंगलवार ०९:१७ गते

धेरै पढिएको

ताजा समाचार