पीएम कमः आज पनि दुई खेल हुँदै


प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ‘क’ मा रहेका लुम्बिनी प्रदेश र प्रदेश २ तथा समूह बीमा रहेका गण्डकी प्रदेश र कर्णाली प्रदेशको खेल खेल्दैछन् । समूह क को खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् ।
यस्तै समूह ‘बी’ को खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । गण्डकीको यो तेस्रो खेल हो भने कर्णालीको दोस्रो खेल हो ।
पहिलो खेलमा विभागीय टोली आर्मीसँग ९८ रनले पराजित भएको गण्डकीले दोस्रो खेलमा प्रदेश १ लाई २ विकेटले पराजित गरेको थियो । यस्तै कर्णाली पहिलो खेलमा आर्मीसँग पराजित भएको थियो ।
गण्डकी लगातार दोस्रो जित हात पार्ने योजनामा हुनेछ भने कर्णाली पहिलो जितको खोजीमा छ ।


प्रकाशित : २०७७ माघ ६, मंगलवार ०८:५० गते

धेरै पढिएको

ताजा समाचार