भरतपुरको चौविसकोठीमा २४ फिटको राष्ट्रिय झण्डा फहराइने


पौष २९, चितवन । भरतपुरको चौविसकोठीमा २४ फिट बरावरको राष्ट्रिय झण्डा फहराइने भएको छ । चौविसकोठी स्थित पहिला शालिक भएको ठाउँमा सामाजिक संस्था हेल्प फर हेप्पीनेसको सक्रियतामा राष्ट्रिय झण्डा राखिने भएको छ

पछिल्लो समय सर्वोच्च शिखर सगरमाथा माथि नै भारतीय संचारमाध्यमले परपोगाण्ड मच्चाइरहदा चितवनको भरतपुरमा भने राष्ट्रिय एकतामा गोलबद्ध हुने सन्देश दिनेगरी राष्ट्रिय झण्डा फहराउन लागिएको हो ।

उक्त झण्डा करिव १ लाख रुपैयाँको लागतमा तयार गरिने भएको छ। झण्डा २४ फिटको रहने भएको छ र उक्त झण्डा ५३ फिटको उचाइमा राखिने भएको छ।

विभिन्न व्यक्ति तथा संघ संस्थाहरुको सहयोगमा हेल्प फर हेप्पीनेसले सो कार्य गर्न लागेको संस्थाका अध्यक्ष नविन तिवारीले बताएका छन्। उनले देशको झण्डा फरफराएको हेर्ने चाहाना भएकाले राष्ट्रियताको भावनालई उच्च राख्न र नेपालीपन बढाउँदै राष्ट्रिय एकताका लागि सो कार्य गर्न लागेको बताए। सरकारी कार्यालयहरुमा समेत राष्ट्रिय झण्डाहरुको व्यवस्थापन नभएको पनि अध्यक्ष तिवारीले बताए।

साथै अब विदेशबाट सौराहा आउने पर्यटकहरुले समेत विमानस्थलमा झर्नासाथ नेपाली राष्ट्रिय झण्डा फहराएको देख्न पाउने भन्दै राष्ट्रिय झण्डा फरफराउनु महत्वपूर्ण कुरा मानेको अध्यक्ष तिवारीले बताए।

चारैतिर पानीको फोहोरालाई व्यवस्थापन गर्दै वरपर फूलहरु रोप्ने देखि वत्तीको समेत व्यवस्था गरेर अबको तीन चार दिनभित्रमा झण्डोत्तलन गरिने कार्यक्रम संयोजक रमण वाग्लले बताए ।

हेल्प फर हेप्पीनेस नामक संस्थाले इमरजेन्सी समयमा आवश्यक पर्ने रगत परिपूर्ति गर्दै सरसफाई अभियान लगायतका सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

उक्त स्थानमा झण्डा राख्नका लागि संस्थाले सम्वन्धित निकायहरुबाट मौखिक रुपमा स्वीकृति लिइसकेको छ भने वडानम्वर १० को कार्यालयबाट भने लिखित सहमति समेत लिएको जनाएको


प्रकाशित : २०७७ पुष २९, बुधबार १९:२६ गते

धेरै पढिएको

ताजा समाचार