“आज होइन भोलिलाई, १० वर्ष ओलीलाई”; धोति जुलुसमा ओली सहभागी


२५ पुस, काठमाडौं । नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौमा धोती जुलुस निकालिएको छ ।

सो जुलुस बिजुलीबजारबाट निकालिएको हो । उक्त जुलुस बबरमहलबाट निस्केर माइतीघर हुँदै प्रज्ञा भवन पुगेको थियो। प्रज्ञा भवनमा हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नेछन् ।

जुलुसमा सहभागीहरुले धोती, कुर्ता, गम्छा, लगाएका छन्। उनीहरुले “केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ”, “आज होइन भोलिलाई १० वर्ष ओलीलाई”, “धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा”, भन्दै नारा लगाएका छन्।

जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए ।


प्रकाशित : २०७७ पुष २५, शनिबार १४:२६ गते

धेरै पढिएको

ताजा समाचार