सन् २०२१ मा जापानमा हुने भनिएको टोकियो ओलम्पिक सर्ने


पुस २५ , काठमाडौं । सन् २०२१ मा जापानमा हुने भनिएको टोकियो ओलम्पिक सर्ने भएको छ ।

जानपानमा कोराना महामारी बढेकाले फेरी प्रतिवन्दहरु लगाइएकाले प्रधानमन्त्री योसिहिदा सुगाले जुलाइमा नै ओलम्पिक प्रतियोगिता सञ्चालन गर्ने प्रतिवद्धता जनाएपनि अब प्रतियोगिता सुरु गर्न ढिलाइ हुने भएको छ।

विश्व खेलकुदको यो कुम्भमेला यसअघि गत वर्ष २०२० को २४ जुलाईदेखि ९ अगस्तसम्म हुने तय भएको थियो ।तर विश्वव्यापी कोरोना महामारीका कारण गत मार्चमा यो ओलम्पिक स्थगित गरि २०२१ मा सारिएको थियो ।

तर अब अहिले पनि आयोजक राष्ट्र जापानसहित अन्य देशहरुमा कोरोना संक्रमितको संख्या दिनका दिन बढ्न थालेपछि आउँदो जुलाई २३ देखि ८ अगस्तसम्म हुने भनिएको ओलम्पिक प्रतियोगिता पनि फेरि अनिश्चित समयाकालागी सर्ने भएको छ।


प्रकाशित : २०७७ पुष २५, शनिबार १४:०४ गते

धेरै पढिएको

ताजा समाचार