फेसबुकमा स्टाटस सेयर गरेर पोर्चुगलमा नेपाली युवकले गरे आत्महत्या


२४ पुस। बझाङका नेपाली युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन्। उनि आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका हुन् । पोर्चुगललाई काम गर्दै आएका उनी आज शुक्रबार नेपाल जाने तयारीमा भएको जनाइएको छ।

उनले आफ्नो फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ भन्दै स्टाटस राखेपछि आत्महत्या गरे।

एउटै छात्रावासको कोठामा बसेका साथी र परिवारका सदस्यलाई आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सामा गएको मौका छोपी हामफालेको पोर्चुगाली प्रहरीले जानकारी दिएको छ।

सन् २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन पुगेको छ ।


प्रकाशित : २०७७ पुष २४, शुक्रबार १७:४३ गते

धेरै पढिएको

ताजा समाचार