
२४ पुष। नयाँ प्रकृतिको कोरोना भाइरसको सक्रमण बढ्न थालेपछि जापानमा पुनः लकडाउन घोषणा गरिएको छ ।
जापानका प्रधानमन्त्री योसिहिदा सुगाले राजधानी टोकियो र आसपासका मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन्।
प्रधानमन्त्रीले कोरोनाको महामारी बढ्दै गएकाले होटल तथा रेष्टुराँहरु सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएकाले सावधानी अपनाएरर सञ्चालन गर्न पनि आग्रह गरेका छन् ।
जापानमा नयाँ वर्षलगत्तै लकडाउन गर्ने बताइएपनि एक साता पछि मात्र लकडाउन घोषणा गरिएको हो । साथै खेलकुदका गतिविधि र सार्वजनिक समारोहहरु आयोजना नगर्न पनि प्रधानमन्त्री सुगाले आग्रह गरेका छन्।
टोकियोमा मात्र हाल दैनिक करिब तीन सयको हाराहारीमा कोराना संक्रमित फेला पर्न थालेको छ । रकारले जारी गरेका लकडाउनका नियमहरु पालना नगर्नेहरुलाई कानुनी सजाय र जरिवानासमेत हुने जनाइएको छ।