
२४ पुष। चर्चित सेलिब्रेटी मोडल किम कार्दासिन र र्यापर गायक केन्ये वेष्टको सम्बन्ध टुट्ने निश्चित भएको छ ।
दुई जनाबीच पटक पटक सम्बन्ध टुट्ने समाचारहरु आएपनि यस पटक भने दुई जना सम्बन्ध तोड्ने बिन्दूमा पुगेको अन्तर्राष्ट्रिय समाचारहरुले दाबी गरेका छन्।
केन्येको राजनीतिक निर्णयसम्ममा दुई जनाबीच निकै नै अन्तरविरोध बढेकाले उनीहरुबीच सम्बन्ध टुट्ने दाबी गरिएको छ।
उनीहरुबीचको सम्बन्धमा आएको तिक्तताकै कारण केन्ये कार्दासिनको पारिवारिक कार्यक्रमहरुमा उपस्थित हुन छाडेको जनाइएको छ र योसँगै दुईबीचको ६ वर्षे वैवाहिक जीवन टुट्ने निश्चत भएको जनाइएको छ।