अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेबाट शुल्क लाग्ने


२४ पुस, काठमाडौँ। अब एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने भएका छन्।

महिनामा दुई पटक अर्को एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने भए पनि सो भन्दा बढीको कारोबारमा भने शुल्क लिन पाउने व्यवस्था केन्द्रिय बैंकले गरेको छ।

यसअघि बैंकहरुले अन्तर बैंक कारोबारमा शुल्क लिन पाउनुपर्ने माग गर्दै आएका थिए तर शुल्क नपाएपछि खर्च घटाउन उनीहरुले शाखा कार्यलय भन्दा बाहिर रहेका एटिएम बुथहरु हटाउन थालेका थिए।


प्रकाशित : २०७७ पुष २४, शुक्रबार १०:४२ गते

धेरै पढिएको

ताजा समाचार