सुनको मूल्य प्रतितोला १३ सयले सस्तियो; सुनको भाउ बिहीबार ९५ हजार चार सय


२३ पुस, काठमाडौं । सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले सस्तिएको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार ९५ हजार चार सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबारका लागि तेजाबी सुनको प्रतितोला भाउ ९४ हजार ९ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । यस्तै बिहीबारको तुलनामा चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले सस्तीएको छ । बुधबार १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ३० रुपैयाँ भएको छ ।

अहिले अफ सिजन भएकाले सुनको कारोबार नभएर अन्तर्राष्ट्रिय मूल्य अनुसारनै नेपालमा पनि सुनको मूल्य उतार चढाब भएको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताएका छन्।


प्रकाशित : २०७७ पुष २३, बिहीबार १३:५५ गते

धेरै पढिएको

ताजा समाचार