यातायात विभागले माग्यो माफी; सर्भर मर्मत भइरहंदा लाइसेन्सकाे लागि आवेदन नदिन आग्रह


२० पुस, काठमाडौँ। अनलाइन सवारी अनुमति पत्र –लाइसेन्स आवेदनमा समस्या आएपछि सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले असुविधाको लागि माफी मागेको छ ।

सेवाग्राहीले पटक पटक अनलाइन सवारी अनुमति पत्र –लाइसेन्स आवेदनमा समस्या आएको गुनासो गरेपछि विभागले आफ्नो सर्भर मर्मत भइरहेकाे र लाइसेन्सकाे लागि आवेदन नदिन भनेको छ।

सूचनामा सवारीचालक अनुमतिपत्र अनलाइन फारम सर्भरको मर्मत कार्यको लागि अनलाइन सर्भर बन्द गरिएको भन्दै असुविधाको लागी क्षमा प्रार्थी भएको उल्लेख गरिएको छ।

विभागले अनलाइन सवारी आवेदनमा कोटा प्रणालीको व्यवस्था गरेपनि सेवाग्राहीले भने आवेदन दिन नपाएको गुनासो गरिरहेका छन्। सो ग्राहकको गुनासोलाई सम्बोधन गर्न विभागले सर्भरलाई मर्मत गर्ने कार्य भइरहेको जनाएको छ ।


प्रकाशित : २०७७ पुष २०, सोमबार १४:३० गते

धेरै पढिएको

ताजा समाचार