त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित झापाका बद्रीहाङ राई पक्राउ


२० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेको जानकारी आएको छ।

झापा मेचीनगर-२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेको एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन्।

राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गर्दा चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले ५० थान गोलीसहित राईलाई पक्राउ गरेको हो।

सो घटनाको विस्तृत जानकारी आउन बाँकि छ र थप अनुसन्धान भईरहेको छ।


प्रकाशित : २०७७ पुष २०, सोमबार १३:१९ गते

धेरै पढिएको

ताजा समाचार