पाकिस्तानमा बन्दुकधारीद्वारा कोइलाखानीमा कार्यरत ११ मजदूरको हत्या, ३ घाइते


पुस १९, इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीले कम्तीमा ११ मजदूरको हत्या गरेका छन्। सो घटना कोइलाखानीमा भएको थियो। घटनामा परी अरु तीन जना घाइते भएका छन् ।

मजदूरहरुलाई अपरिचित लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले जानकारी दिए। बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिए।

घटनामा परी घाइते भएका मजदूरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारहिरुले जनाएका छन्।


प्रकाशित : २०७७ पुष १९, आईतवार १४:५६ गते

धेरै पढिएको

ताजा समाचार