उदयपुरमा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ


पुस १८, उदयपुर। उदयपुरको बेलका नगरपालिका– ३ मा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् ।

बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेको इलाका प्रहरी कार्यलय रामपुरले जानकारी दिएको छ।

बालिका बलात्कार गरेको जाहेरी शुक्रबार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले जानकारी दिए।

पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ ।

नेपालमा नेपाल प्रहरीको तथ्यांक अनुसार २०१९/२० वित्तीय वर्षमा बलात्कारका २१४४ केस र बलात्कार प्रयासका ६८७ केस रिपोर्ट गरिएको छ।


प्रकाशित : २०७७ पुष १८, शनिबार १४:३६ गते

धेरै पढिएको

ताजा समाचार