
१७ पुष। बलिउडको चर्चित नायिका दीपिका पादुकोणले आफ्ना करोडौं फ्यानलाई चकित पार्ने गरी इंस्टाग्राम र ट्वीटरबाट सम्पूर्ण पोस्टहरू हटाएकी छन् । उनि सामाजिक सञ्जालमा निकै नै सक्रिय थिईन तर नयाँ वर्ष २०२१ लाग्दै गर्दा उनले आफ्नो सम्पूर्ण पोस्टहरू हटाएकी छिन्।
पोस्ट हटाएसँगै उनको ट्वीटर र इंस्टाग्राम खाता ह्याक भएको अनुमान गरिएको थियो तर उनले शुक्रबार दिउँसो ट्वीटरमा एक भिडियो पोस्ट गर्दै त्यो अनुमानलाई पनि गलत साबित गरिदिएकी छन् । भिडियोमा उनले आफ्नो अडियो बुक भन्दै २०२० मा आफुले सिकेका कुराहरु सम्झदै नयाँ वर्ष २०२१को शुभकामना दिएकी थिईन।
पोस्ट हटाएसँगै मानिसहरुले आफ्नै-आफ्नै किसिमको तर्क-बितर्क गर्दै अनुमानहरु लागिरहेका छन्न। कतिपयले यसलाई फिल्म प्रोमोशनको हिस्सा भएको हुनसक्ने बताइरहेका छन् भने कतिपयले डिप्रेसनको कारणले उनले सबै पोस्ट हटाएको भनेका छन् त कतिपयले ड्राग केसमा आफ्नो नाम आएकाले हटाएको हुनसक्ने भनेका छन्।
दीपिकाले भने यसबारे अहिलेसम्म केही बोलेकी छैनन्।
फिल्मको तयारीमा व्यस्त दीपिकाले आफ्नो प्रोफाइल फोटो समेत परिवर्तन गरेकी छन्। दीपिकाको इंस्टाग्राममा ५ करोड २५ लाख फलोअर्स छन् भने ट्वीटमा २ करोड २७ लाख फलोअर्स छन् ।