चक्कु प्रहार गरी २ लाख रुपैयाँ लुट्ने पाँचजना पक्राउ: साथमा भेटियो चोरीको स्कुटर र मोटरसाइकल पनि


१८ पुष, काठमाडौं । सन्दुक सहकारी संस्थाका बजार प्रतिनिधिबाट २ लाख रुपैयाँ लुटेर फरार पाँच जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

उनीहरुले पुस १५ गते प्रेम गजमेरलाई चक्कु प्रहार गरी उनको साथमा रहेको २ लाख रुपैयाँ लुतेर फरार भएका थिए ।

पक्राउ पर्नेमा काठमाडौं–२६ नरदेवी घर भइ चक्रपथ बस्दै आएका अमीत तुलाधर, अभय तुलाधर, रोहित शाही, काठमाडौं कमलादी घर भइ भुरुङ्गखेल बस्ने रोहन शाही र जुम्लाका हरी शर्मा रहेका छन् ।

उनिहरिलाई सीसीटीभी फुटेजको आधारमा पहिचान गरी पक्राउ गरिएको हो । उनीहरुको साथबाट चोरीका ४ थान स्कुटर, १ थान मोटरसाइकल र केही रकम समेत बरामद भएको थियो।


प्रकाशित : २०७७ पुष १८, शनिबार १०:११ गते

धेरै पढिएको

ताजा समाचार