
१७ पुस, काठमाडौं । बिहीबार भएको स्वाब परीक्षणमा राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।
बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जना सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको संसद सचिवालय स्रोतले जानकारी दिएको हो।
त्यस्तै बिहीबार नै स्वाब परीक्षण गराएका राष्ट्रियसभाका ५६ जना कर्मचारीमध्ये ५ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको सचिवालय स्रोतले बताएको छ।
शुक्रबार सुरु हुने राष्ट्रियसभाको हिउँदे अधिवेशनमा कोरोना संक्रमित सांसद सहभागी हुन नपाउने भएका छन्।
प्रकाशित : २०७७ पुष १७, शुक्रबार १५:१२ गते