धनुषामा हराएका बालकको शव हजुरबुवा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला, ५ जना पक्राउ


१७ पुस, जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ ।

धनुषाको बिदेह नगरपालिका- २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव शुक्रबार बिहान गाडिएको अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

दुई दिनदेखि बेपत्ता भएका बालक खोजी गर्ने क्रममा शव उनकै हजुरबुवा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको थियो।

सुरुमा हेर्दा बालकको घाँटी थिचेर हत्या गरेको देखिएको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको मिश्रले जानकारी दिए। उनले पोष्टमार्टम रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाउने बताएका छन्।

बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग साेधपुछ भइरहेको मिश्रले जानकारी दिए।


प्रकाशित : २०७७ पुष १७, शुक्रबार १४:५३ गते

धेरै पढिएको

ताजा समाचार