नेपाल सरकारले कोरोना खोप खरिद गर्न भारतलाई औपचारिक पत्र पठायो


१५ पुस, काठमाडौं । नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप भारतबाट ल्याउने भएको छ। २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरिसकेको नेपाल सरकारले बताएको छ।

खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई औपचारिक पत्र पठाएको नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिएका छन्।

भारतबाट खोप खरिदका लागि आवश्यक पर्ने खर्चसमेत सरकारले जुटाइसकेको र पहिलो चरणमा २० प्रतिशत खोप खरिद गरेर फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई लगाउने सरकारको तयारी भएको जानकारी भएको छ।

भारतबाहेक अन्य मुलुकबाट पनि खोप खरिदको तयारीमा नेपाल सरकार रहेको छ।


प्रकाशित : २०७७ पुष १५, बुधबार ११:५० गते

धेरै पढिएको

ताजा समाचार