चलचित्र गणपति बन्ने तर कतै पिके फ्लेबरको त होइन ?


कोरोनाले नेपालको धेरै क्षेत्रमा असर पार्यो त्यो मध्ये एउटा मुख्य क्षेत्र हो चलचित्र क्षेत्र पनि। कोरोना भाइरसको खोप बनेको हल्ला सुनिए पनि खोपले काम नगरेको सुनिएको छ र बेलायतमा कोरोना भाइरसको झनै डरलाग्दो रुप देखिएको भन्ने सुनिएको छ।

यसै बीच चलचित्र हल नखुलेको अवस्थामा, बनेका चलचित्र प्रदर्शन नभई रहेको समयमा चलचित्र निर्माण गर्न खोज्नु सामान्य चुनौतिको बिषय होइन २०७७ पौष १४ गते काठमाडौँको बानेश्वोर स्थित आइप्लेक्स महलमा एउटा औपचारिक कार्यक्रमका बीच नेपालि कथानक चलचित्र गणपति बन्ने घोषणा गरियो। माहोल देख्दा यस्तो लाग्थ्यो यो चलचित्र बन्छ र बनेपछि हिटनै हुन्छ। त्यस्तो नलागोस पनि कसरि चलचित्र निर्माण गर्ने टिम नयाँ जोशिला युवाका साथमा चलचित्र क्षेत्रमा धेरैअनुभव बटुलेका कलाकारहरु देखिन्थे।

त्यस मध्ये मुख्य आकर्षण थिए चलचित्र गणपतिका मुख्य कलाकार एवम अहिलेका ब्यस्त नायक मुकुन भुसाल । आशा छ सबिन अधिकारीले लेखेको र उनैले निर्देशन गर्ने अनि लक्ष्मण थापा, बिज्ञान के.सी, अरविन्द्र गिरि मिलेर निर्माण गर्ने चलचित्र नेपालि चलचित्र क्षेत्रको नमुना चलचित्र बन्ने छ।

चलचित्रमा सूर्यमाला शर्मा , जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्दर, मेनुका प्रधान, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि . एल , र शुसिल पोखरेलको भूमिका रहने छ। चलचित्र नयाँ होस् तर अरु कुनै देश तथा बिदेशका चलचित्र संग मेल खाने नबनोस चलचित्र निर्माण टिमलाइ शुभकामना।


प्रकाशित : २०७७ पुष १४, मंगलवार १५:१३ गते

धेरै पढिएको

ताजा समाचार